+
+

माइतीघर मण्डला अगाडि भेटिएको बम सेनाद्वारा डिस्पोज

अनलाइनखबर अनलाइनखबर
२०७६ साउन २२ गते ८:२८

२२ साउन, काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा  बम भेटिएको छ । माइतीघर मण्डलास्थित  सेन्टजेभियर्स कलेज अगाडि बुधबार बिहानै सकेट बम फेला परेको हाे ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले बुधबार बिहानै भेटिएको शंकास्पद वस्तु सकेट बम भएको अनलाइनखबरलाई जानकारी दिए ।

बम भेटिएलगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निष्क्रिय पारेको छ ।

बम कसले राख्यो भन्ने अहिलेसम्म खुलेको छैन । विगतमा बमसँगै पर्चा भेटिने गरे पनि माइतीघरमा त्यस्ता केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसएसपी ज्ञवाली घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?