Comments Add Comment

लाभग्राहीलाई बैंक खाता सक्रिय बनाउन प्राधिकरणको आग्रह

२६ साउन, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा खाता सक्रिय नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा खाता सक्रिय बनाउन अनुरोध गरेको छ ।

अनुदान सम्झौता गरेलगत्तै पहिलो किस्ता बैंक खातामा गएको तर खाता सक्रिय नगरेका कारण ठूलो संख्याका लाभग्राहीको रकम निष्क्रिय भएपछि यस्तो आग्रह गरिएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए ।

उनले खाता सक्रिय गरी रकम निकालेर घर बनाउन सुरु गर्न पनि सम्बन्धित सबै लाभग्राहीलाई आग्रह गरे । समयमै खाता सक्रिय नगर्नेहरुको हकमा प्राधिकरणले खाता निष्क्रिय तुल्याउने पनि उनले  जानकारी दिए  ।

आइतबार अपरान्हसम्मको तथ्यांकअनुसार पहिलो किस्ता लिएका ७ लाख ६७ हजार ६०८ लाभग्राहीमध्ये ६ लाख २ हजार ४४३ ले घर निर्माण सुरु गरेर दोस्रो किस्ता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment