Comments Add Comment

काठमाडौं विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालाबन्दी

२६ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रारको कार्यालयमा तालावन्दी गरेको छ ।

नेपालको संविधान र विश्वविद्यालय ऐनले निर्देशित गरेका सुशासनका आधारभूत सिद्धान्त पालना नगरेको र सर्बपक्षीय सहभागिताबिनै कार्यसम्पादन भइरहेको भन्दै प्राध्यापक संघले तालाबन्दी गरेको हो ।

विश्वविद्यालयमा प्राज्ञिक व्यवस्था कायम गर्न बेवास्था गरेको, सार्वजनिक सम्पत्तिलाई व्यक्तिको जस्तो गरी कार्य गर्ने, सुधार गर्ने मौका हुँदा पनि सुध्रिने स्थिति नदेखिएको भन्दै प्राध्यापक संघले उपकुलपति र रजिष्ट्रार बहिर्गमन हुनुपर्ने मागसमेत गरेको छ ।

प्राध्यापक संघले विश्वविद्यालयमा हुने नीतिगत तथा आर्थिक भ्रष्टाचारको विषय उठाउँदा कारबाही नगरिएको, विश्वविद्यालयमा भएका अनियमितताबारे समाचार सम्प्रेषण हुँदासमेत आधिकारिक धारणा नआएको विषयसमेत उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment