+
+

ढुंगेधारामा डुवान, ५० भन्‍दा बढी पसलमा क्षति

चन्द्र आले चन्द्र आले
२०७६ भदौ १५ गते १३:४६

१५ भदौ, काठमाडौं । शुक्रबार राति र शनिबार विहान ठूलो पानी आउँदा काठमाडौंको ढुंगेधारामा ५० भन्दा बढी पसल डुवानमा परेको छ ।

पानीको निकास हुने ठाउँ टालिएपछि जमेको पानीले वरपरका घर, पसल र टहराहरु डुबेका हुन् । निकास बन्द हुँदा झण्डै ३ फिट पानी जमेको स्थानीय वासिन्दाले बताएका छन् ।

आइतबार विहानसम्म घर र पसलहरुमा पानी जमिरहेका थिए । व्यापारी  र घरधनीहरु जमेको पानी फ्याँक्न र पानीले भिजाएका सामान निकाल्दै थिए । यहाँ ठूलो पानी पर्दा हरेक वर्ष डुवान हुने गरेको छ ।

हेर्नुहोस् तस्वीरहरु

पानीको निकास जाने ठाउँ । निकास जाने ठाउँ सानो भएकाले डुवानमा परेको हो ।

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?