४ जेठ, काठमाडौं । सन् २०२६ को विश्वकप तयारीबारे इरानका प्रतिनिधिसँग भएको छलफल ‘सकारात्मक’ भएको फिफाले जनाएको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने सन् २०२६ को विश्वकपमा इरानको सहभागिता सुनिश्चित गर्ने विषयमा शनिबार इस्तानबुलमा इरानी फुटबल महासंघसँग छलफल भएको थियो ।
सो छलफललाई फिफाका महासचिव माटियास ग्राफस्ट्रोमले ‘उत्कृष्ट’ र ‘रचनात्मक’ भएको बताएका छन् ।
मध्यपश्चिममा अहिले जारी युद्धका बीच पनि इरानले आफ्ना समूह चरणका तीनवटै खेल अमेरिकामै खेल्ने तथा त्यहीँ बस्ने तालिका रहेको छ ।
ग्राफस्ट्रोमले भनेका छन्, ‘हामीले इरान फुटबल संघसँग उत्कृष्ट र रचनात्मक बैठक गरेका छौं । हामी निकट रूपमा सहकार्य गरिरहेका छौं र विश्वकपमा उनीहरूलाई स्वागत गर्न उत्साहित छौं ।’
उनले थप भनेका छन्, ‘यो सकारात्मक संवाद गर्न पाएकामा म निकै खुसी छु । इरान फुटबल संघ र फिफा दुवै बैठकबाट सन्तुष्ट छन् र अमेरिका, क्यानडा तथा मेक्सिकोमा टिम मेल्ली (इरान राष्ट्रिय फुटबल टिम)लाई स्वागत गर्न उत्सुक छन् ।’
इरानी फुटबल महासंघका अध्यक्ष मेहदी ताजले बिहीबार इरानको टोलीका लागि अहिलेसम्म भिसा जारी नभएको गुनासो गरेका थिए ।
प्रतिक्रिया 4