+
+

आन्दोलनरत विद्यार्थीलाई वार्तामा आउन त्रिविको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १६ गते १९:५४

१६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आन्दोलनरत मेडिकल शिक्षाका विद्यार्थीहरुलाई वार्तामा बोलाएको छ । विभिन्न माग राखेर चिकित्सा शिक्षा अध्ययन संस्थानमा तालाबन्दी गरेर आन्दोलन गरिरहेका विद्यार्थीहरुलाई वार्तामा आउन आग्रह गरेको हो ।

त्रिविका रजिस्ट्रार डिल्लीराम उप्रेतीले विज्ञप्ति प्रकाशित गरी वार्ताबाट समस्या समाधान गरी ताला खोल्न आन्दोलनरत विद्यार्थीलाई आग्रह गरेका छन् । उनले वार्ताबाट समस्या समाधान गर्न चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालयले वार्ता समिति गठन गरिसकेको पनि बताएका छन् ।

‘उक्त वार्ता समितिसँग छलफलगरी समस्या समाधान गर्न लगाइएको ताला खोली आम विद्यार्थीहरुको जीवनसँग जोडिएको प्रवेश परीक्षा सुचारुरुपले सञ्चालन गर्ने वातावरण सिर्जना गरिदिनुहुन सम्बन्धित सबै सरोकारवालासँग अनुरोध गर्दछु’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?