
२७ भदौ, जाजरकोट । तीन दिनदेखि सुत्केरी ब्यथाले छटपट्याएकी कुशे गाउँपालिका – ८ लाताकी ३८ वर्षीया तुल्सी सुनारलाई शुक्रबार हेलिकप्टरबाट उद्धार गरी सुर्खेत लगिएको छ ।
भदौ २२ गते नै सुत्केरी हुने मिति तोकिएकामा तीन दिनअघि मात्र सुत्केरी बेथा लागेपनि सुत्केरी हुन कठिन भएपछि उनको उद्धार गरिएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाइ कार्यक्रमले सुनारको उद्धार गरेको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4