+
+

प्रदीप र साम्राज्ञीको फिल्म बन्ने पक्का

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २९ गते १३:२६

एक बर्ष अगाडि नै नायक प्रदिप खड्का र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले एउटा चलचित्र साइन गरेका थिए । हेमराज वीसीको निर्देशनमा तयार हुने भनिएको लभ स्टोरी चलचित्र दुई स्टार कलाकारले साइन गरेसँगै चर्चामा रह्यो । तर, यो प्रोजेक्ट अगाडि बढ्न सकेन ।

यो समयमा साम्राज्ञीले ‘रातो टिका निधारमा’को छायांकन सकिन् । नायक प्रदिप खड्का चलचित्र ‘प्रेमगीत ३’को तयारीमा छन् । एक बर्षदेखि चलचित्रको काम अगाडि नबढ्दा अब यो प्रोजेक्ट क्लोज भएको हो कि भन्ने चर्चा पनि चलेको थियो ।

हेमराज वीसी ‘दि ब्रेकअप’ असफल भएपछि चलचित्र ‘घामड शेरे’को काममा लागेका थिए । तर, अब भने यो प्रोजेक्ट अगाडि बढ्ने भएको छ । निर्माण टिम र कलाकारविच शनिबार भएको कुराकानीसँगै चलचित्रको काम अगाडि बढ्ने भएको हो ।

प्रदिपले नयाँ चलचित्रको काम सकेसँगै यो चलचित्रको छायांकनमा समय दिनेछन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले भने राम्रो कथामा अफर आएको खण्डमा काम गर्ने, नभएको खण्डमा अब एकैचोटी यो चलचित्रलाई समय दिने मनस्थिती बनाएकी छिन् ।

वुझिएअनुसार, पुरानो स्क्रिप्टमा अब चलचित्र नबन्ने भएको छ । नयाँ कथाको वन लाइन कलाकारले पनि सुनेका छन् । दर्शकले पर्दामा प्रदिप र साम्राज्ञीलाई हेर्न चाहेका छन् । यी दुई एकसाथ पर्दामा आउँदा यसले पक्कै पनि राम्रो व्यापार गर्ने अपेक्षा गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?