Comments Add Comment

बेथितिले निरन्तरता पाउँदा जनतामा असन्तिुष्टि : मन्त्री जमरकट्टेल

३१ भदौ, हेटौडा । प्रदेश ३ का मामिला तथा कानूनमन्त्री शालिकराम जमरकट्टेलले २० वर्षसम्म कर्मचारीले मुलुक चलाउँदा उत्पन्न भएको बेथितिले परिवर्तनपछि पनि निरन्तरता पाउँदा जनतामा असन्तुष्टि पैदा भएको बताएका छन् ।

स्थानीय तहका लागि प्रदेश ३ सरकारले नियुक्त गरेको कानुनी सहजकर्ताका लागि आयोजित अभिमुखीकरणमा उनले भने, ‘बेथितिले जनतामा नैरास्यता उत्पन्न हुँदा राज्य र राज्यसक्ता सञ्चालन गर्नेसँग जनता असन्तुष्ट बने ।’

मन्त्री जमरकट्टेले सहजकर्तालाई जनताको असन्तुष्टि हटाउने गरी नयाँ शैलीका साथ कार्यसम्पादनमा लाग्न निर्देशनसमेत दिएका छन् । ‘अशिक्षित, दुःखी, गरीब र असाहय जनताहरुले कानुनी तथा अन्य सरकारी सेवा सुविधा प्राप्त गर्न अपनाउनुपर्ने प्रक्रियाहरुमा सहजीकरण गर्न जरुरी छ,’ उनले भने ।

सामान्य कुरा नबुझ्दा जनता निकै मारमा परेको भन्दै उनले यो समस्यादलाई टार्नका लागि भूमिका खेल्ने अपेक्षा सरकारको रहेको बताए ।

सरकारको प्रतिनिधिको रुपमा स्थानीय तहसँग समन्वय गरेर कार्यसम्पादन गर्न उनले जोड दिए । उनले भने, ‘स्थानीय तह, केन्द्र र प्रदेश सरकार बिच सहकार्य भएमात्र संघीयता सफल हुनेछ ।’

प्रदेशका ७ जिल्लाका ५७ जना कानुनी सहजकर्ताहरु तथा स्थानीय तहका ५७ जना उपप्रमुखहरु ७ जिल्लाका जिल्ला समन्वय समितिका उपप्रमुखहरुको सहभागिता रहेको अभिमुखीकरणमा मन्त्री जमकटेलले अधिकांश स्थानीय तहहरुले प्रदेश सरकारले पठाएको इमेलहरुको जवाफ नपठाएको भन्दै त्यसो नगर्न आग्रह गरे ।

प्रदेशका मुख्य न्यायाधिवक्त ओम थपलियाले स्थानीय तहको न्यायिक समितिहरुले गरेका कामका कारण जनतामा सरकार प्रति विश्वास बढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment