Comments Add Comment

अराजक तत्वको प्रतिवाद गर्नुस् : प्रचण्ड

Photo Credit : प्रचण्डको सचिवालय

३० भदौ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले जनतामा भ्रम छर्न खोज्नेको प्रतिवाद गर्न युवा तथा विद्यार्थीलाई निर्देशन दिएका छन् ।

तत्कालीन माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा सोमबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘जनतामा भ्रम छर्ने र हत्केलाले सूर्य छेक्न खोज्ने अराजक तत्वको प्रतिवाद गर्न र उनीहरूबाट सतर्क रहन विशेषगरी युवा र विद्यार्थी साथीहरूलाई विशेष अपिल गर्दछु ।’

संघीय लोकतान्त्रिक गणतन्त्रलाई कलिलोमा नै निमोठ्न वा मार्न सकिन्छ भनेर अराजकता, भ्रम र आतंकको वातावरण बनाउने प्रयास भइरहेको उनको भनाइ थियो । जनताले ल्याएको परिवर्तन र समाजवादको सपना पूरा गर्न आ–आफ्नो ठाउँबाट भूमिका खेल्न आवश्यक रहेको नेकपा अध्यक्ष प्रचण्डले बताए ।

उनले दलहरूबीच सुमधुर सम्बन्ध बनाउन र विश्वास जित्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै पूर्वमन्त्रीसमेत रहेका दिवंगत नेता बोगटीलाई सम्झिए ।
यो पनि पढ्नुहोस टीआरसीलाई बदला लिन प्रयोग गर्ने प्रयास भयोः प्रचण्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment