+
+

खुमलटारको दशैंः अरुले टिका लगाए, प्रचण्डले लगाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज २२ गते १६:५८

२२ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवासभित्र यसपालि दशैंको रौनक फर्केको छ । अघिल्लो वर्ष छोरा प्रकाश दाहालको निधनका कारण उनीहरुले टिका लगाएका थिएनन् ।

यसपाली दशैंको टिका लगाउन प्रचण्डका छोरीहरु रेणु दाहाल र गंगा दाहाल आफ्ना सन्तानहरुसहित खुमलटार आएका थिए । प्रचण्डको उपस्थितिमा उनीहरुलाई आमा सीता दाहालले टिका र जमरा लगाइदिइन् ।

प्रचण्डकी कान्छी छोरी गंगा दाहालले टिकाटालोका तस्वीरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । तस्वीरमा प्रचण्डको निधार खाली देखिन्छ भने उनी आफैंले कसैलाई टिका लगाइदिएका पनि छैनन् । साथै प्रचण्डकी बुहारी तथा खानेपानीमन्त्री विना मगर पनि अनुपस्थित छन् । सायद पुत्र वियोगको घाउ आलै भएर हुन सक्छ, तस्वीरमा प्रचण्ड दम्पत्तिको अनुहार भने मलिन देखिएको छ ।

आफ्ना चार सन्तानमध्ये दुईजना प्रचण्ड दम्पत्तिले गुमाइसकेका छन् । जेठी छोरी ज्ञानु केसीको स्तन क्यान्सरका कारण २०७० सालमा निधन भएको थियो । एक मात्र छोरा प्रकाश दाहालको दुई वर्षअघि मृत्यू भएपछि उनीहरुको सहाराका रुपमा दुई छोरी र नातिनातिनाहरु छन् ।

जनयुद्धमा गएदेखि प्रचण्ड र तत्कालिन माओवादी नेताहरुले घोषितरुपमा दशैं बहिष्कार गरेका थिए । शान्ति प्रक्रियामा आएपछि पनि लामो समयसम्म प्रचण्डले टिका लगाएनन् । २० वर्षपछि २०७४ सालमा प्रचण्डको निधारमा विजयादशमीको टिका परेको थियो । त्यतिबेला प्रचण्डले परिवारका सदस्य र आफन्तलाई पनि टिका र जमरा लगाइदिएका थिए ।

प्रचण्ड पुत्र प्रकाशले सामाजिक सञ्जालमा टिकाटालोका तस्वीरहरु सेयर गरेपछि निकै क्रिया–प्रतिक्रिया उत्पन्न भएको थियो ।

फोटोहरु: गंगा दाहालको फेसबुक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?