Comments Add Comment

नेकपाबाट मकालु गाउँपालिकाको अध्यक्षको उम्मेदवार पोखरेल

१७ कात्तिक, संखुवासभा । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संखुवासभाको मकालु गाउँपालिका अध्यक्षको उम्मेदवारमा जिल्ला कमिटी सदस्य तेजबहादुर पोखरेलको नाम तय गरेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा पोखरेललाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय भएको नेकपाले जनाएको छ ।

जिल्ला कमिटी बैठकले खाँदबारी नगरपालिकाको वडानम्बर ३ को वडाध्यक्षमा भरतकुमार घिमिरेलाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ । अध्यक्ष खड्ग कटुवालको निधन भएपछि मकालु गाउँपालिकामा अध्यक्षको उपनिर्वाचन हुन लागेको हो ।

कटुवाल तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । उनको गाडी दुर्घटनामा निधन भएको हो ।

खाँदवारी वडा नम्बर ३ मा पनि तत्कालीन एमालेबाटै निर्वाचित वडाध्यक्ष तोयानाथ ढुंगानाको निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment