Comments Add Comment

म्यानमारसँग खेल्ने नेपाली फुटबल टिमको विदाइ

७ कात्तिक, काठमाडौं । म्यानमारसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने नेपाली फुटबल टिमलाई विदाइ गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार सातदोबाटोमा पत्रकार सम्मेलन गरी २३ सदस्यीय खेलाडीसहित टिमलाई विदाइ गरेको हो । खेलाडीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले विदाइ गरे ।

नेपालले म्यानमारसँग उसैको भूमिमा कात्तिक २१ गते प्रतिस्पर्धा गर्नेछ । म्यानमारलाई जित हात पार्ने लक्ष्य रहेको नेपाली टिमका मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन् ।

यो मैत्रीपूर्ण खेलका लागि टिममा कप्तान किरण चेम्जोङ, मिडफिल्डर रोहित चन्द, हेमन गुरुङ र विशाल राई छैनन् । किरणको स्थानमा एलनलाई टिममा राखिएको छ भने रोहित, हेमन र विशालको स्थानमा सुवास, मिक्चेन र भरतले स्थान बनाएका छन् ।

नेपाली टिम

गोलकिपर : विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने

डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रञ्जित धिमाल, सुमन अर्याल

मिडफिल्डर : सुनिल बल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, सुवास गुरुङ, मिक्चेन तामाङ

फरवार्ड : भरत खवास, विमल घर्तिमगर, अभिषेक रिजाल र नवयुग श्रेष्ठ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment