Comments Add Comment

रियल मड्रिडलाई रोक्यो रियल बेटिसले

१७ कात्तिक, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडलाई रियल बेटिसले बराबरीमा रोक्दै अंक बाँडेको छ ।

शनिबार राति आफ्नै घरेलु मैदानमा रियल मड्रिडले रियल बेटिससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो । खेल अवधिभर आफ्नो पक्षमा बल नियन्त्रण राखे पनि रियल मड्रिडले गोल गर्न सकेन ।

रियल मड्रिडले प्रहार गरेको २२ मध्ये ७ निश्चित टार्गेटमा थियो । तर, पनि रियल मड्रिडले गोल गर्न सकेन ।

यो नतिजासँगै रियलले लिग लिडर बार्सिलोनासँगको अंक बराबरी बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको ११ खेलबाट २२ अंक रहँदा समान ११ नै खेलबाट रियल मड्रिडको पनि २२ अंक नै छ । तर गोलअन्तरमा रियल पछि छ । रियल बेटिस भने लिगको १४औं स्थानमा छ ।

त्यस्तै, शनिबार राति नै भएको अन्य खेलमा भ्यालेन्सियाले स्पानियोललाई २–१ गोलअन्तरले पराजित गर्दा एथ्लेटिको मड्रिड र सेभियाले १–१ गोलको बराबरी खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment