
२१ कात्तिक, बागलुङ । प्रदेशसभा सदस्यका लागि बागलुङ क्षेत्रनम्बर २ ‘ख’मा राष्ट्रिय जनमोर्चा (राजमो)का उम्मेदवार खिमविक्रम शाहीको उम्मेदवारी दर्ता भएको छ । शाही नेकपा र राजमोका साझा उम्मेदवार हुन् ।
उम्मेदवारी दर्ता गराउन नेकपा र राजमोका नेताहरु संयुक्त र्यालीलीसहित निर्वाचन कार्यालयमा पुगेका थिए । र्यालीलीमा राजमोका अध्यक्ष चित्रबहादुर केसी, नेकपा नेता देवेन्द्र पौडेललगायत थिए ।
नेकपा र राजमोका शीर्ष नेताहरुबीच अघिल्लो निर्वाचनमा जस्तै १४ मंसिरमा हुन लागेको उपनिर्वाचनमा पनि तालमेल गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार राजमोका शाहीलाई समर्थन गर्दै नेकपाले उम्मेदवार उठाएको छैन ।
अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट राजमोका टेकबहादुर घर्ती निर्वाचित भएका थिए । तर, बिरामीका कारण उनको निधन भएपछि सो क्षेत्रको प्रदेशसभा सदस्य पद रिक्त भएको हो ।
कांग्रेसका उम्मेदवार जित बहादुर शेरचन
बागलुङ २ ‘ख’ मा कांग्रेसका जित बहादुर शेरचन उम्मेदवार छन् । उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार थिए । राजमोका टेकबहादुर घर्तीसँग उनी तीन हजार मत अन्तरले पराजित भएका थिए ।
उनी बागलुङमा सबैभन्दा कम अन्तरले पराजित भएका कांग्रेस उम्मेदवार हुन् ।
प्रतिक्रिया 4