+
+

साना उद्योगको प्रवर्द्घन सरकारको प्राथमिकता : उद्योगमन्त्री भट्ट

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १७:१५

१६ मंसिर, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक विकासका आधार लघु, घरेलु तथा साना उद्योगहरुको प्रबर्धन र विकासमा सरकार दृढ भएर लाग्ने बताएका छन् । उद्यमीहरुको समस्या समाधान गर्न आफू सँधै तत्पर रहने प्रतिवद्धता पनि उनले व्यक्त गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ र विभिन्न बस्तुगत संघहरुसँग मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले यस्तो बताएका हुन् ।

उद्योग मन्त्रालयसँग लघु, घरेलु तथा साना उद्योगहरुको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै उनले भने- ‘तपाईंहरुको सफलतासँगै मेरो सफलता पनि जोडिएको छ, मेरो सफलतासँग तपाइहरुको सफलता पनि जोडिएको छ ।’

समस्याका साथै समाधानका उपाय पनि ल्याउन व्यवसायीलाई मन्त्री भट्टले आग्रह गरे ।

उनले भने- ‘साना उद्योगहरु कसरी बाँचेका छन, समग्रमा साना व्यवसायीका समस्या के के छन पहिचान गरेर वैज्ञानिक र वस्तुवादी भएर ल्याउनुस् । अनि छलफल गरौं, निकास ननिस्कने कुरै छैन ।’

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले लघु घरेलु तथा साना उद्योगले झेलिरहेका समस्या सुनाएका थिए ।

‘अघिल्लो पुस्ताले गरिरहेको काम पछिल्लो पुस्ताले गरिरहेको छैन यो नेपालको लागि ठूलो चुनौतीको विषय बनेको छ,’ गिरीले भने, ‘अहिलेे जसरी उद्योग चलाइरहेका छौं ती उद्योगहरु व्यवस्थित छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?