Comments Add Comment

आयोगले भन्यो- अपाङ्गताको मानव अधिकारको संरक्षण र संवर्द्धनमा गम्भीर बन

१७ मंसिर, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गरी मानव अधिकारको संरक्षण र परिपालन गर्न सरकार लगायत सरोकार सबै पक्षसँग आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा मंगलबार आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको सवालमा आयोगले गरेका सिफारिस पूर्णरुपमा कार्वान्वयन गर्न सरकार लगायत सरोकार सबै पक्ष गम्भीर हुने विश्वास लिएको जनाएको छ ।

आयोगले गरेका सिफारिस कार्यन्वयनको स्थितिबारे गम्भीर रहेको भन्दै अपाङ्गता भएका व्यक्तिहरुको मानव अधिकारको सवालमा अझै पनि समस्या रहिरहनु उपयुक्त नभएको भन्दै संघीय, प्रदेश तथा स्थानीय तहका सरकारको पुन: ध्यानाकर्षण गराएको छ ।

अपाङ्गता भएका व्यक्तिहरुको अधिकारको संरक्षण र संवर्द्धनको विषयमा निरन्तर काम गर्दै आइरहेको भन्दै आयोगले अनुसन्धान,  अनुगमन,  अध्ययन, सम्मेलन लगायतका कार्य गरी प्राप्त तथ्याङ्कको आधारमा सरकारलाई विभिन्न समयमा अपाङ्गताको मानवअधिकारको संरक्षण र संम्वर्द्धनमा सुझाव दिँदै आएको जनाएको छ ।

शहरी क्षेत्रका सबै सडक,  भवन  तथा अन्य भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने गरी निर्माण गर्न, अपाङ्गता भएका व्यक्तिको परिचयपत्र नियमित र व्यवस्थित रुपमा प्रदान गर्न,  अपाङ्गता भएका व्यक्तिहरुको यकीन तथ्याङ्क संकलन गरी सोही अनुरूप अर्थपूर्ण र सार्थक सहभागिताको वातावरण बनाउन र अपाङ्गता भएका व्यक्तिहरुको आत्म सम्मानमा चोट पुर्याउने कुनै शब्द प्रयोग नगर्न आयोगले विज्ञप्ती मार्फत भनेको छ ।

साथै शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा पहुँच कायम गरी उनीहरुको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरुको संरक्षण र संवर्द्धन गर्न समेत आयोगले विज्ञप्ती मार्फत सरकारलगायत सरोकार सबै निकायको ध्यानाकर्षण गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment