Comments Add Comment

मुआब्जाप्रति असन्तुष्टि जनाउँदै आरुघाट गाउँपालिकामा तालाबन्दी

१७ मंसिर, गोरखा । सरकारले निर्धारण गरेको मुआब्जा रकम कम भएको भन्दै आन्दोलनमा उत्रिएका आरुघाटवासीले गाउँपालिका कार्यालयमा ताला लगाएका छन् ।

बुढीगण्डकी सरोकार समितिको अगुवाइमा स्थानीयवासीले मंगलवार बिहान दश बजे आरुघाट गाउँपालिकाको कार्यालयमा ताल्चा लगाएका हुन् । उनीहरुले आरुघाट बजार मंगलबार पनि बन्द गरेका छन् ।

बुढीगण्डकी डुवान क्षेत्रमा पर्ने आरुघाट र आर्खेत बजारको मुआब्जा आइतबार राति निर्धारण गरिएको थियो । आनाको ५० हजार देखि सातलाख रुपैयाँसम्म मुआब्जा निर्धारण भएको छ । तर उक्त मुआब्जा कम भएको भन्दै आरुघाटवासीले असन्तुष्टि जनाएका हुन् ।

‘सरकारले सोचेर मुआब्जा निर्धारण गरेन, साह्रै कम भयो,’ बुढीगण्डकी सरोकार समितिका अध्यक्ष जगन्नाथ खनालले भने, ‘बर्गीकरण पनि तरिका मिलाएर गरेनन् ।’

मंगलबार गाउँपालिका प्रतिनिधि र सरोकारवालाबीच छलफल हुने जानकारी गराउदै उनले भने, ‘कुरा मिल्यो भने भइहाल्यो, भएन भने आन्दोलनका कार्यक्रम घोषणा गरेर चरणवद्ध आन्दोलनमा जान्छौ ।’

आरुघाट बजार बन्द भएसँगै स्थानीयको जनजिवन प्रभावित बनेको छ । यातायातका साधान पनि ठप्प छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment