+
+

यस वर्षको साताको साहित्य पुरस्कार ‘वीर्यको बतास’लाई

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १ गते १७:४८

सिड्नी । यस वर्षको साताको साहित्य पुरस्कार सीता तुम्खेवाको कविता ‘वीर्यको बतास’लाई प्रदान गरिने भएको छ ।

साताको साहित्य डट कममा अगष्ट २०१८ देखि जुलाई २०१९ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू एक साताअघि सार्वजनिक गरिएका थिए । जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा गीता पुडासैनीको कविता ‘बाल-विधवा’ र रुपक वनवासीको गजल छानिएका थिए ।

छानिएका तीनमध्ये निर्णायकहरू महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जीव पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजीले बहुमतको आभारमा ‘वीर्यको बतास’ कवितालाई चयन गरेका हुन् ।

लेखिकालाई एक समारोहबीच केही सातापछि पुरस्कार स्वरुप नगद बीस हजार र ताम्रपत्र प्रदान गरिनेछ ।

साताको साहित्य पुरस्कारको थालनी आठ वर्षअघिदेखि गरिएको हो । यसअघि नवीन प्यासी, पोल्लास सिन्धुलिय, बोनम प्रताप, नवराज पराजुली, मुकुन्द प्रयास, रमेश सायन र रवीन्द्र समीरका रचनाहरु पुरस्कृत भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?