+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गुटका कारण कांग्रेसले प्रतिपक्षीको भूमिका निर्वाह गर्न सकेन : पौडेल

नवराज पथिक नवराज पथिक
२०७६ माघ ४ गते १२:१०

४ माघ, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो प्रतिपक्षी बन्न नसक्नुको कारण पार्टीभित्रको गुटबन्दी भएको बताएका छन् । गुटबन्दीका कारण पार्टी कमजोर भएको भन्दै उनले एकजुट हुन आग्रह गरे ।

‘कांग्रेसका नेता कुनै एक गुटको अभिभावक भएर अहिलेको कम्युनिस्टविरुद्ध लड्न सकिँदैन,’ प्रेस युनियन रामेछापले शनिबार मन्थलीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा पौडेलले भने, ‘कम्युनिस्टविरुद्ध लड्ने हो भने पहिले पार्टीलाई बलियो बनाउनुपर्छ ।’

अहिलेको सरकार इतिहासकै भ्रष्ट भएको दाबी पनि उनले गरे । ‘सरकारले भ्रष्टाचारलाई संस्थागत रूपमै सरक्षण गरेको छ,’ नेता पौडेलले भने ।

सरकारले बहुमतको डण्डा लगाएर संविधानलाई लत्याउने काम गरेको भन्दै उनले सरकारी रवैयाप्रति आक्रोसमेत पोखे । नागरिकको स्वतन्त्रता खोस्ने गरी तयार पारिएको सूचना प्रविधि विधेयक त्यसकै कडी भएको उनको भनाइ छ । ऐन कार्यान्वयनमा आएपछि व्यक्तिको निजत्व कायम नहुने भन्दै उनले कांग्रेसले संसद् अवरुद्ध गरेरै भए पनि यीलगायतका सरकारका असंगत गतिविधि रोक्नु पर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?