+
+

वीरगञ्जमा एक दिने नव उद्यमी हाट बजार सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन २० गते २०:०८

२० फागुन, वीरगञ्ज । वीरगञ्जमा एकदिने नव उद्यमी हाट बजारको आयोजना गरिएको छ । युवा विद्यार्थीलाई उद्यमी बन्न प्रेरित गर्ने उद्देश्यले वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज र अन्तरप्रेरणा प्रालिले नव उद्यमी हाट बजारको आयोजना गरेको हो ।

वीरगञ्ज उद्योग वाणिज्य संघ कै सभाहलमा मंगलबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म बजार लागेको थियो ।

नयाँ सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न सहयोग गर्ने तथा पर्सा उद्यमशीलता विकासका कार्यमा संलग्न सरोकारवालाहरुलाई सञ्जाल विस्तार, विकास र स्टार्टअप इकोसिस्टम संस्था गर्नमा सघाउने उद्देश्यले पहिलो पटक वीरगञ्जमा हाट बजारको आयोजना गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघले जनाएको छ ।

नव उद्यमी हाट बजारमा २० उद्यमीले आफेनो उत्पादन प्रदर्शन गरेका थिए । बजारमा सूचना प्रविधि, मिथिला पेन्टिङ्ग सहितको ह्याण्डी क्राफ्टका सामानहरु, डल कुशन, शिक्षा, कृषि व्यवसाय, क्याटरिङ्ग व्यावसाय, टिफिन सर्भिस, क्रंकिट म्यानु फ्याक्चरिङ्ग तथा विद्यार्थीहरुको नयाँ आइडियालाई व्यवसायको रुपमा रुपान्तरण गर्नेसँग सम्बन्धित स्टलहरु राखी प्रर्दशन गरिएको थियो ।

नयाँ सोच भएका नव उद्यमीहरुलाई व्यवसाय गर्न सहयोग गर्ने, पर्सामा उद्यमशीलता विकासका लागि संलग्न सरोकारवालाहरुको सञ्जाल विस्तार र विकास गर्न कार्यक्रम गरिएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले बताए ।

हाट बजारले उद्यमीहरुलाई आ–आफ्नो वस्तु तथा सेवा, ग्राहकको आवश्यकता र चाहानाबारे अझ बढी जानकारी प्रदान गरेको वीरगञ्ज पब्लिक कलेजका कार्यकरी निर्देशक डाक्टर दीपक शाक्यको भनाइ छ । अध्ययनपछि के गर्ने भन्ने अन्योलता हटाउन विद्यार्थीमा उद्यमशीलताको विकास गर्नुपर्ने तर्क उनको छ ।

नव उद्यमी हाट बजारमा प्रदर्शन गरिएका उत्कृष्ट उद्यमी र संस्थालाई विजनेश इन्कुवेशन प्रोग्राममा सहभागी गराई विभिन्न बैंक तथा उद्यमीलाई सहयोग गर्ने संस्था मार्फत लगानीका लागि समेत सहयोग गर्ने अन्तरप्रेरणा प्रालिका नीरज खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?