Comments Add Comment

पेस्तोलसहित एक जना पक्राउ

२७ फागुन, जनकपुरधाम  । कटुवा पेस्तोलसहित सिराहाबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिराहा नगरपालिका-२१ का २२ वर्षीय प्रदीपकुमार साह रहेका छन ।

सिराहा नगरपालिका-२१ स्थित लकडीगोठबाट प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो  ।

बाटोमा हिँडिरहेको समयमा चेकजाँच गर्दा उनको साथबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment