Comments Add Comment

ठेकदार भेटवालद्वारा आत्मसमर्पण

२७ फागुन, काठमाडौं । ठेकदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

महानगरीय प्रहरी परिसर, टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेका हुन् ।

प्रहरीले उनको खोजी तीव्र बनाइरहेकै बेला भेटवालले आत्मसमर्पण गरेको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

उनी जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक हुन् ।

उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । तर, भेटवाल भारतका विभिन्न सहरमा लुकेर बसेका थिए । चन्द्र तामाङको किटानी जोहरीमा भेटवालले ७५ लाख रुपैयाँ ठगी गरेको उल्लेख छ ।

भेटवालको विगत

भेटवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले यसअघि पक्राउ गरेको थियो । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा उनी पक्राउ परेका थिए ।

उनी ‘क’ वर्गका ठेकदार हुन् । काठमाडौं भ्युटावर निर्माणको जिम्मा पनि उनैले हात पारेका थिए ।

पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च कब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा विरोध प्रदर्शन गरेका थिए । २२ फागुन ०७१ बाट काम थालेको विल्डर्सले अहिलेसम्म एक प्रतिशत पनि काम पूरा गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment