+
+

सिद्धार्थ राजमार्ग चैत १ देखि दैनिक ८ घण्टा बन्द हुने

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७६ फागुन २९ गते १०:५१

२९ फागुन, बुटवल । सडक स्तरोन्नतिका लागि सिद्धार्थ राजमार्गअन्तर्गतकाे बुटवल—पाल्पा  सडक खण्ड यही चैत १ गतेदेखि दैनिक ८ घण्टा बन्द हुने भएको छ ।

सडकका घुम्ती कटानलगायत कार्यका लागि चैत १ देखि १२ गतेसम्म दैनिक ८ घण्टा आवागमन रोक्न लागिएको डिभिजन सडक कार्यालय, पाल्पाले जनाएको छ ।

डिभिजन सडक कार्यालयका अनुसार, चैत १ गतेदेखि बिहान ७ देखि ९, दिउँसो १२ देखि ३ र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ ।

तोकिएको समयबाहेक अन्य समयमा भने सवारी साधन यथावत् सञ्चालन हुनेछन् ।
घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाउन लागेको हो ।

राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काटेर सडक फराकिलो बनाइने छ ।

जोखिमपूर्ण घुम्ती व्यवस्थापनका लागि समय तोकेर सडक बन्द गर्न लागिएको कार्यालयले जनाएको छ ।

निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरूको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम गर्न लागेको हो ।

यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालय पाल्पाका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए ।

सडक सुधारको कामका बेला आमसर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरी निर्माण कार्य गर्न लागिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?