+
+

पेटमा राखिएको ‘स्टेन्ट’ निकाल्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २ गते १०:११
प्रधानमन्त्री केपी शर्मा ओली । फाइल फोटो

२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आइतबार बिहानै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका छन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।

केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री निवासमा फर्किने प्रेस सल्लाहकार सूर्य थापाले बताए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

नौ दिन अस्पताल बसाइपछि शुक्रबार प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो । अस्पतालबाट डिस्चार्ज भएपनि प्रधानमन्त्रीलाई भेटघाट तथा छलफल बैठकहरु केही दिन कमै गर्न चिकित्सकले सुझाव दिएका छन् ।

ओलीले अस्पतालबाट फर्किएपछि शनिबार नेकपा अध्यक्ष प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र आफ्ना सल्लाहकारसँग छलफल गरेका थिए ।
प्रधानमन्त्री ओली आइतवार साँझ कोरोना विरुद्ध सहकार्य गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुको भिडियो कन्फरेन्समा सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?