+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

प्रधानमन्त्रीलाई पूर्वस्वास्थ्यमन्त्रीको पत्र : कोरोना फैलिएका देशबाट आएका सबैको परीक्षण गरौं

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत १२ गते ११:४७

१२ चैत, काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र लेख्दै कोरोना भाइरस (कोभिड -१९)को परीक्षण दायरा बढाउन आग्रह गरेका छन् । उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गरेर  लेखेको पत्र ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

पत्रमा उनले एक साताको सीमाबन्दी र लकडाउनको सदुपयोग गर्दै हजारौंमा कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । यसका लागि हाल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको क्षमताको पूर्ण सदुपयोग गर्नुपर्ने भन्दै धरान, पोखरा र नेपालगञ्जमा पनि परीक्षण गर्ने उच्चस्तरीय समन्वय समितिको निर्णय तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यो पनि पर्याप्त नहुने भन्दै उनले भनेका छन्, ‘कम्तिमा हरेक प्रदेशमा तत्काल परीक्षण सुरु गर्नुपर्छ ।’

प्रयोगशालाका अधिकारीहरुले काठमाडौं बाहिर दर्जनौं ठाउँमा थोरै दिनमा परीक्षण सुरु गर्न सकिन्छ भनिरहेको भदै उनले त्यसलाई सुन्न र मापदण्ड पुगेका निजी प्रयोगशालाहरुमा पनि परीक्षण सुरु गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, प्रधानमन्त्रीज्यू एनपीएचएलमा भएको क्षमताको पूर्ण सदुपयोग, मापदण्ड पुगेका निजी ल्याबहरुसँग सहकार्य र नयाँ प्रविधिबाट काठमाडौं बाहिर दर्जनौं ठाउँमा कोभिड १९ टेस्टिङ गर्‍यौं भने हजारौं परीक्षण यही हप्तामा गर्न सम्भव छ । सुरु गरिहालौं, आजैबाट काम थालौं ।’

परीक्षणमा गुणस्तर कायम गर्न आवश्यक प्रोटोकल बनाउन सकिने भन्दै उनले भने अस्पतालमा आएका मात्र होइन, कोरोना फैलिएका देशबाट आएका र ती व्यक्तिको सम्पर्कमा रहेका व्यक्तिलाई समेत परीक्षणको दायरामा समेटौं ।’

यस्तो छ थापाको पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?