+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जमातबाट फर्किएका ९ जनाको स्वाब परीक्षणका लागि धरान पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते २०:०३

२० चैत, सप्तरी । कोरोना भाइरस (कोभिड–१९) फैलाइएको भनिएको भारतको दिल्ली जमातमा सहभागी भएर फर्किएका ८ व्यक्तिको स्वाब परीक्षणका लागि पठाइएको छ ।

घरमा लुकेको अवस्थामा फेला परेका उनीहरूको स्वाब परीक्षण गरेर धरान पठाइएको छ । त्यस्तै कतारबाट फर्किएका अर्का १ व्यक्तिको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।

गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले नौ जनाकै स्वाब परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको जानकारी दिए । डा. दासका अनुसार, उनीहरूको रिपोर्ट आउन तीन दिन लाग्ने छ ।

जमातबाट फर्केर ८ जना राजविराज नगरपालिकाको र कतारबाट आएका व्यक्ति तिलाठी कोइलाडी गाउँपालिकाको रहेको बताइएको छ । उनीहरू सबैलाई अहिले क्वारेन्टाइनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?