+
+

ग्राहकको गोपनीयतामा प्रतिवद्ध छौं : इ-सेवा

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २१ गते १५:३५

२१ चैत, काठमाडौं । ई-सेवाले विगत केही दिनदेखि एउटा समाचार पोर्टलको समाचार हटाइएको विषयमा इ-सेवालाई मुछेर निरन्तर प्रहार गरेको भन्दै खेद प्रकट गरेको छ ।

समाचार हटाइएको भनिएको अनलाइन पोर्टल र इ-सेवाको कुनै सम्बन्ध नरहेको अवस्थामा नियोजित रुपमा इ-सेवा माथि निरन्तर प्रहार गर्ने कार्य कुनै किसिमले न्यायोचित नभएको दाबी कम्पनीको छ ।

‘विगत ११ वर्षदेखि भुक्तानी सेवा प्रदायकको रुपमा सेवागर्दै नेपालमा विद्युतीय भुक्तानीको जग बसालेको इ-सेवा भएको सबैलाई जानकारी नै छ,’ कम्पनीले भनेको छ,‘सुरुवाती दिनदेखि नै विभिन्न बाधा व्यवधान र अवरोध व्यहोर्दै अहिलेको अवस्थामा आइपुगेका हौँ ।’

इ-सेवा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त र नियमन भएको कम्पनी भएको भन्दै इ-सेवाले कम्पनीको संरचना, प्रविधि तथा सेवाहरु नेपाल राष्ट्र बैंकको नियमन तथा सुपरीवेक्षणमा रहेको जानकारी समेत कम्पनीले गराएको छ ।

इ-सेवाले ग्राहकलाई भुक्तानी सेवा दिने हुनाले यसको लागि आवश्यक पर्ने प्रविधि तथा व्यवस्थापन प्रणाली सुरक्षित राख्न अत्यन्त संवेदनशील र प्रतिवद्ध रहेको विज्ञप्तिमा उल्‍लेख छ।

‘गोपनियता नीति तथा प्रयोगका शर्तहरु वेवसाइटमा उल्लेख गरेका छौँ र यसको अक्षरश: पालना गरेका छौँ,’ कम्पनीले भनेको छ ।

‘लकडाउनको यस विषम परिस्थितिमा पनि ग्राहकहरुलाई अनवरत सेवा दिनका लागि हाम्रा कर्मचारीहरु ‘वर्क फर्म होम’ अन्तर्गत २४ सै घण्टा तपाईंको सेवामा प्रतिबद्ध छन्,’ कम्पनीले भनेको छ, ‘मुलुकको यस विषम परिस्थितिमा नगदरहित भुक्तानी लगायतका सेवाहरु अझ प्रभावकारी र अपरिहार्य भएको र यसको हामी भरपर्दो सारथि भएको महसुस गरेका छौँ ।’

कम्पनीले अघि भनेको छ,‘विभिन्न अनलाइनमा शृङ्खलाबद्ध रुपमाआएका समाचार, सामाजिक सञ्जालमा नियोजित रुपमा फैलाइएका अफवाह तथा दुस्प्रचारको पछि नलाग्न ग्राहक, एजेन्ट, सेवा प्रदायक र बैंक तथा वित्तीय संस्थाहरुलाई हार्दिक अनुरोध गर्दछौँ । हामी नगदरहित नेपाल बनाउने अभियानमा अलिकति पनि बिचलित छैनौं र हुने छैनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?