Comments Add Comment

भर्चुअल नाट्य महोत्सव: अन्तिम दिन दुई नाटक प्रदर्शन गरिँदै

कोरोनाको त्रासका कारण नेपाल लकडाउनमा छ। विगत तीन सातादेखि सम्पूर्ण नेपालीहरु घरभित्रै क्वारेन्टाइनमा बस्दै आएका छन् ।

घरमा थुनिएर बस्नु परेको पीडालाई भुलाउनको लागि थिएटर मलले नयाँ अभियान सुरु गरेको छ । ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव’ को नामबाट सुरु गरिएको यो अभियानमा फेसबुक लाइभमार्फत नाटक देखाउन लागिएको छ। हरेक दिन बेलुका पाँच बजे थिएटर मलको अफिसियल पेजबाट विभिन्न नाटकहरु प्रदर्शन गरेर लकडाउनको समयमा भर्चुअल नाटक प्रदर्शन गरिएको हो ।

थिएटर मल-कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)ले संयुक्त रुपमा आयोजना गरेको ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६ ले यसरी भर्चुअल नाटक देखाएर १५ दिन पूरा गरेको छ । यस अवधिमा विभिन्न रंगमञ्चमा देखाइएको नाटकहरु प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।

आज १६ ‌औं दिन अर्थात् अन्तिम दिन दुई नाटक ‘गर्भछिटा र ताराबाजी लैलै’ देखाइने छ । एक बजे गर्भ छिटा र ५ बजे ताराबाजी लैलै देखाइनेछ । यी दुई नाटक भएसँगै महोत्सव समापन हुनेछ । महोत्सवका निर्देशक केदार श्रेष्ठले भने, ‘हामीले महोत्सवलाई यसै पनि लम्यायौँ । थपिएको समय पनि अब सकिएको छ । आज हामीले अन्तिम नाटक प्रदर्शन गर्नेछौँ ।’

यस अभियानमा दर्शकको राम्रो साथ पाएको निर्देशक श्रेष्ठको भनाइ छ । उनले भने, ‘हाम्रो उद्देश्य भनेको नै नाटकलाई सम्झिने दर्शकहरुलाई नाटकसँग नजिक गराउनु र क्वारेन्टाइनमा बस्दा लाग्ने दिग्दारीलाई हटाउनु थियो । यसमा हामी केही हदसम्म सफल भएझैं‌ लाग्छ । हामीले दर्शकको राम्रो साथ पयौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment