+
+
Shares

सेनाले चार्टर्ड गरेको जहाज सुडानतर्फ उड्यो

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २९ गते १०:३३

२९ चैत, काठमाडौं । नेपाली सेनाले चार्टर्ड गरेको श्री एयरलाइन्सको जहाज सुडानतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त कम्पनीको जहाज नेपाल आर्मीले कार्गो फ्लाइटका लागि चार्टर्ड गरेको हो ।

विमानस्थल स्रोतका अनुसार हृदयाघातका कारण ज्यान गुमाएका एक नेपाली सैनिक अधिकृतको शव लिन श्री एअरलाइन्सको जहाज चार्टर्ड गरिएको हो । श्री एयरलाइन्सका अनुसार नेपाल आर्मीले आफ्नो जहाज चार्टर्ड गरेको पुष्टि गरेको छ ।

जहाज शनिबार राति सुडान पुगी आइतबार काठमाडौं फिर्ता हुने भएको छ । संयुक्त राष्ट्रसंघको शान्ति मिसनकै समन्वयमा जहाज सुडान गएको बताइएको छ । श्री एयरलाइन्सले यसअघि पनि शान्ति मिसनमा उडान गरिरहेको थियो । उक्त कम्पनीको हेलिकप्टर पनि शान्ति मिसनमा उड्ने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?