+
आईपीएल २०२६ :

गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

२०८२ चैत  २१ गते २३:४७ २०८२ चैत २१ गते २३:४७
गुजरातमाथि राजस्थानको रोमाञ्चक जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजस्थान रोयल्सले आईपीएल २०२६ मा गुजरात टाइटन्सलाई ६ रनले हराएको छ ।
  • राजस्थानले २१० रनको लक्ष्य दिएकोमा गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो ।
  • राजस्थानले लगातार दोस्रो जित निकालेर ४ अंकसहित शीर्षस्थानमा पुगेको छ भने गुजरात सातौं स्थानमा छ ।

२१ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा राजस्थान रोयल्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हासिल गरेको छ । शनिबार राति अहमदाबादमा सम्पन्न खेलमा राजस्थान ६ रनले विजयी भएको हो ।

राजस्थानले दिएको २११ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर २०४ रन मात्र बनायो । एक समय ११औं ओभरमा १०७-१ को अवस्थामा भएको गुजरातले त्यसपछि ५४ रनको बीचमा ६ विकेट गुमाएर १६१-७ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट राशिद खान र कगिसो रबाडा मिलेर ४३ रनको साझेदारी गर्दै जितको नजिक पुर्‍याएपनि पर्याप्त भएन । अन्तिम २ ओभरमा १५ रन चाहिँदा जोफ्रा आर्चरले ४ रन मात्र दिए भने अन्तिम ओभरमा तुषार देशपान्डेले पनि ४ रन मात्र दिएर राशिदलाई आउट गरे ।

ओपनर साइ सुदर्शनले ४४ बलमा ७३ रन बनाए । जस बट्लरले २६ रन बनाए भने राशिद खानले २४ रन बनाउँदा कगिसो रबाडाले अविजित २३ रन बनाए ।

राजस्थानका लागि रवि बिश्नोईले ४ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । नान्द्रे बर्गर, तुषार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २१० रन बनाएको थियो ।  ध्रुव जुरेलले ४२ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ७५ रन बनाए ।

ओपनरद्वय यशश्वी जैसवालले ५५ तथा वैभव सूर्यवंशीले ३१ रन बनाए । शिम्रोन हेटमायरले १८ रन बनाए ।

गुजरातका लागि कगिसो रबाडाले २ विकेट लिँदा प्रसिध कृष्णा, अशोक शर्मा, राशिद खान र मोहम्मद सिराजले १-१ विकेट लिए ।

लगातार दोस्रो जित निकालेको राजस्थान ४ अंकसहित शीर्षस्थानमा फर्किएको छ । लगातार दोस्रो हार बेहोरेको गुजरात अंकविहीन रहेर सातौं स्थानमा छ ।

आईपीएल २०२६ गुजरात टाइटन्स राजस्थान रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय