Comments Add Comment

वर्ष २०७६: गतवर्ष भन्दा ४५ प्रतिशत कम फिल्म रिलिज

वि.सं २०७५ सालमा एक सय वटा नेपाली चलचित्र रिलिज भएका थिए । जसमा आधा दर्जन चलचित्रले मात्र निर्मातालाई नाफा दिएका थिए । यसैले, गतवर्षको चलचित्र बजारको व्यापार औषत थियो ।

यो वर्ष, नेपाली चलचित्र रिलिजमा भारी गिरावट आएको छ । वैशाखदेखि फागुणको १६ गतेसम्म रिलिज भएका चलचित्रहरुको संख्या ५५ छ । यो गतवर्षको तुलानामा निकै कम हो ।

गतवर्ष भन्दा यो वर्ष चलचित्र रिलिजमा ४५ पतिशत गिरावट आएको छ । नेपाली चलचित्रका लागि यो सुखद सन्देश भने होइन ।

हुनत, चलचित्र कम वन्दा चलचित्रको व्यापार बढेको भए यसलाई सुखद मान्न सकिन्थ्यो । तर, यो वर्ष रिलिज भएका चलचित्रमा ५ वटाले मात्र नाफा कमाउन सक्नु, जसमा ४ वटा सुपरहिट हुनुले पनि कम चलचित्र बन्दा पनि नेपाली चलचित्रको व्यापारमा कुनै परिवर्तन नभएको देखिन्छ ।

यो वर्ष नाम चलेका व्यानर र सिरिज बाहेक अन्य चलचित्रको व्यापार कमजोर बन्यो । बर्षको पहिलो नाफा कमाउन सफल चलचित्र ‘दाल भात तरकारी’ रहँदा यो बर्षको अन्तिम नाफा कमाउन सफल चलचित्र ‘आमा’ रहन पुग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment