Comments Add Comment

बेलायतमा तीन साता थपियो लकडाउन

४ वैशाख, काठमाडौं । बेलायतले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण थप फैलिन नदिन लगाएको लकडाउन तीन साता बढाएको छ ।

बेलायतका सहायक प्रधानमन्त्री तथा विदेशमन्त्री डोमिनिक राबले बिहीबार मुलुकमा लगाइएको लकडाउन तीन साता लम्ब्याउने घोषणा गरेको स्काइ न्युजले जनाएको छ  ।

बिहीबार प्रधानमन्त्री कार्यालयको नियमित समाचार ब्रिफिङमा राबले कम्तीमा आगामी तीन सातासम्म लकडाउन जारी रहने बताएका हुन् । अहिलेको अवस्थामा लकडाउन खुकुलो पार्दा सार्वजनिक स्वास्थ्यका साथै मुलुकको अर्थतन्त्र समस्यामा पर्ने उनले बताए।

बेलायतमा कोरोना भाइरसका नयाँ संक्रमित र मृतकको संख्या निरन्तर बढिरहेको छ। पछिल्लो २४ घण्टामा आठ सय ६१ जना मानिसको कोरोना भाइरसको कारण मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ हजार सात सय २९ पुगेको छ ।

पछिल्लो चार दिनमा बेलायतमा मृतकको संख्या आठ सयभन्दा कमले बढेकोमा बिहीबार पुनः बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment