+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१०६ बलमा १२१ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
9/1 (2.2)
Shares

डिस्चार्ज भए पनि धादिङका युवक घर जान पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख १० गते १८:२२

१० वैशाख, काठमाडौं । अस्पतालले डिस्चार्ज गरे पनि आफन्तहरु लिन आउन नभ्याएपछि धादिङका ३४ वर्षीय युवक आज घर जान पाएनन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक सागर राज भण्डारीको अनुसार कोही आफन्त लिन नआएपछि उनी घर जान नपाएका हुन् ।

उनले भने, ‘अब यता होटलहरु सबै बन्द छ, कतै बस्न सक्ने कुरा भएन, लकडाउनको कारण धादिङबाट आफन्तहरु आजै आउन सकेनन् ।’

अस्पतालको निर्देशक राज भण्डारीका अनुसार धादिङमा रहेका उनका आफन्तहरुलाई ढिलो खबर पुगेको कारण तुरुन्त आउन नसकेका हुन् ।

सोही कारण नेत्रावत्री गाउँपालिकाको स्वास्थ्य संयोजकलाई अस्पतालले खबर गरिदिएको छ । गाउँपालिकाले उनलाई लिन बिहीबार एम्बुलेन्स पठाउने जनाएको छ । राजभण्डारीले भने, ‘उनी भोलि घर पुग्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?