+
+

स्कुल सञ्चालक भुसाल हत्याको विरोधमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते १३:५४

२८ वैशाख, कैलाली । निजी विद्यालय सञ्चालक कृष्णप्रसाद भुसालको मृत्युको घटना छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै आइतबार कैलालीको गौरीगंगा नगरपालिका- ९ मसुरिया बजारमा प्रदर्शन भएको छ ।

स्थानीय विहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक भुसालको शंकास्पद ढंगले मृत्यु भएको १८ दिन पुगिसक्दा पनि प्रहरीले  अनुसन्धानमा चासो नदिएको भन्दै स्थानीय वासिन्दा विरोधमा उत्रिएका हुन् ।

आइतबार मसुरिया बजारमा भेला  भएका २ सय  भन्दा बढी स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेर नाराबाजी र प्रदर्शन गरेका थिए ।

स्थानीय वासिन्दा र भुसालका आफन्तले उनको हत्या भएको भन्दै दोषी पहिचान गरी कारबाही गर्न माग गरेका थिए ।

निजी विद्यालयहरुको संगठन एनप्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्णप्रसाद भुसालको शव वैशाख ११ गते राति घोडाघोडी नगरपालिका १० पहलवानपुर बजारबाट करिब एक किलोमिटर पश्चिममा फेला परेको थियो ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?