+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना महामारी विरुद्ध लड्न आईएमई पे र मिस वर्ल्ड नेपाल अनुष्का श्रेष्ठबीच सहकार्य

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २९ गते २१:२४

२९ वैशाख, काठमाडौं । आईएमई पे र मिस वल्र्ड नेपाल अनुष्का श्रेष्ठबीच कोरोना महामारी विरुद्धको अभियानमा सहकार्य भएको छ । विश्वभर फैलिएको महामारीले विश्वका हरेक मानव जीवनलाई आँधीको चपेटामा पारेको अवस्थामा, मिस वल्र्ड नेपाल अनुष्काश्रेष्ठले नेपालको काम गर्नलाई युवाहरुलाई पुनःजोड्ने प्रयास स्वरुप एक पहलको शुरुवात गरेकी हुन् ।

देशका युवाहरुलाई शिक्षित बनाउने र जागृत गराउने यो पहलमा आईएमई पे सहकार्य गर्न पाएकोमा हर्षित भएको जनाएको छ । आउँदो ३ हप्तासम्म अनुष्का श्रेष्ठले समकालीन नेपाली आर्थिक, शैक्षिक, प्रशासनिक र अन्यका बारेमा विभिन्न विज्ञ व्यक्तित्वहरुका साथ संवाद गर्नेछिन् ।

अनुष्का श्रेष्ठलाई उनकै पहलका बारेमा कुरा गर्न आफ्नै सामाजिक सञ्जालमा अग्रसर गरेको छ । देशको युवा हुनुको नाताले हरेक व्यक्ति आफ्नो राष्ट्र र आफ्नो वरपर प्रति भिन्नगर्ने चाहना राख्दछन् तर सबैभन्दा पहिले सबैजनाले समस्यालाई गहनतापूर्वक अध्ययन गर्न र यसको वर्तमान अवस्थालाई बुझ्नु जरुरी रहेको बताएकी छिन् ।

श्रेष्ठले संवाद गर्ने शिर्षक #Reconnecting रहनेछ, जुन अनुष्का श्रेष्ठको फेसबुक पेज र युट्युब च्यानलका साथै आईएमई पेको फेसबुक पेजमा प्रत्यक्ष (लाइभ) प्रसारण हुनेछ ।

साथै उनले नेपाल राइजिङ्ग संस्थाको सहयोगार्थ कोभिड–१९ सहायताकोषको लागि सहयोग संकलन गरिरहेकी छिन् ।राइजिङ्ग नेपाल संस्थाद्घारा काठमाण्डौ भित्रका बिभिन्न स्थानमा असाहय तथा बिपन्नवर्गको लागि दैनिक जिवनयापनको लागि आवश्यक वस्तुहरु बितरण गरीरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?