+
+

कोरोना प्रभावबारे जानकारी लिन सर्वेक्षण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते २१:१२

११ जेठ, काठमाडौं । कोरोना भाइरसबारे बुझाइ र यसले पारेको प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाले गुगल फर्ममार्फत सर्वेक्षण थालनी गरेको छ । कामपाको सहरी योजना आयोगले यस कार्यको शुरु गरेको हो ।

यसका लागि तीन वटा क्षेत्र छुट्याइएको छ । कोभिड–१९ सम्बन्धी बुझाइ र यसले पारेको प्रभावको अवस्थालाई तथ्याङ्कमा लैजान उक्त अभ्यास गरिएको हो ।

सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतका अनुसार जनसाधारणलाई पहिलो क्षेत्रमा राखिएको छ । जनसाधारणलाई १३ वटा प्रश्न र तीनका वैकल्पिक उत्तरबाट बुझाइ र प्रभावका बारेमा जानकारी लिन खोजिएको छ ।

आर्थिक क्षेत्रको सर्वेक्षण गरिनेछ । अहिले आयोग आर्थिक क्षेत्रका लािग लागि भने कामपा तयारीमा मात्र जुटेको छ । यस क्षेत्रमा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिक, घरेलु तथा दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिदेखि साना तथा मझौला व्यापार तथा उद्यम र सहकारी क्षेत्रलाई समेटिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?