+
+

गुल्मीमा जेठ ३२ गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २१ गते १२:५८

२१ जेठ, गुल्मी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिने जिल्ला प्रशासन कार्यालय गुल्मीले यही जेठ ३२ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

सरकारले जेठ ३२ गते मध्यरातसम्म लकडाउनको अवधि लम्ब्याएको हुँदा उक्त अवधिसम्म निषेधाज्ञा जारी रहेन प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारीसाधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । निषेधाज्ञा अवधिमा नागरिकलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन प्रशासनले आग्रहसमेत गरेको छ ।

अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने जुनसुकै समय पनि खुला रहनेछन् । निषेधाज्ञा उल्लंघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?