
११ असार, काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले कोरोना महामारीका कारण विश्वको अर्थव्यवस्थामा सुरुमा अनुमान गरिएभन्दा पनि ठूलो असर पर्ने बताएको छ ।
आईएमएफका अनुसार विश्वभर आर्थिक गतिविधिमा यस वर्ष १० प्रतिशतले गिरावट आउने छ । गत अप्रिलमा अर्थव्यवस्थामा पाँच प्रतिशतले कमी आउने आईएमएफले जनाएको थियो ।
कोरोना महामारीबाट जोगिन बिभिन्न देशहरुले जारी राखेको लकडाउनको असर विश्वभरको अर्थव्यवस्थामा असर परिरहेको छ ।
सामाजिक दुरी कायम गर्ने नियमका कारण धेरै व्यक्तिहरु घर बाहिर निस्किएका छैनन् । जसका कारण उनीहरुका माग पनि कम छन् । त्यसको सीधा असर अर्थव्यवस्थामा परिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4