+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

बैंकहरुमध्ये कोरोना कोषलाई नबिल बैंकले दियो सबैभन्दा बढी ६ करोड रुपैयाँ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १ गते ८:०८

१ भदौं, काठमाडौं । नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।

उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका संयाेजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो । उक्त समारोहमा शाहले भने, “नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु्र्याउन पाउनु ठूलो सम्मान हो ।’

बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्नाे ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको भएकाे भन्दै उनले अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएकाे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?