
१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य मनोनित भएका वामदेव गौतमले बिहीबार पद तथा गोपनियताको सपथ लिए । बिहीबार सिंहरबारमा आयोजित एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गौतमलाई सपथ खुवाए ।
राष्ट्रियसभा सदस्यको लोगो लगाइदिए । गौतमका अनुसार तिमल्सिना कुनै समय उनका कार्यकर्ता थिए । गौतमले भनेका छन्, कुनै बेला मेरो कार्यकर्ता हुनुहुन्थ्यो, मैले सदस्यता प्रदान गरेको एउटा कामरेड अध्यक्ष हुँदा मलाई खुसी लागेको छ ।’
गौतमको सपथ कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल लगायतको समेत उपस्थिति थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4