+
+

चितवनमा काेराेना संक्रमित पुरूषकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक ५ गते १८:१२

५ कात्तिक, चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचाररत एकजना कोरोना संक्रमित पुरूषको बुधबार मृत्यु भएको छ ।

मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार चितवनको रत्ननगर नगरपालिका-१२ का ४० वर्षीय पुरूषको उपचारको क्रममा बुधबार दिउँसो ४:२८ बजे मृत्यु भएको हो ।

ज्वरो र निमोनिया सम्बन्धी समस्याका कारण असोज २३ गते मेडिकल कलेजमा भर्ना भएका उनमा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उनको उपचार गरिए पनि बचाउन नसकिएको डा. लम्सालले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?