+
+

रौतहटमा पुरुषको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १५ गते १३:३०

१५ मंसिर, रौतहट । रौतहटमा एकजना व्यक्तिको शव फेला परेको छ । माधवनारायण नगरपालिका-४ बिसुनपुर्वा मानपुरमा ४५ वर्षीय पुरुषको शव फेला परेको हो ।

गाँउघरमा देखाइने नाच प्रोगाममा काम गर्ने माधवनारायण ५ मिठुअवाका ४५ वर्षीय दशै रामको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा मुखबाट रगत बगेकोले कुटपिट वा अन्य कारणले मृत्यु भएको हुन सक्ने सम्भावना रहेको प्रहरीको अनुमान छ ।

घटनास्थललाई घेरा हालेर प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले बताए ।

मृतक रामको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौर ल्याउने तथा घटनाका बारेमा थप अनुसन्धान सुरु गरेको एसपी शाहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?