+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ललितपुर महानगरमा पर्चा पम्प्लेट टाँस्न नपाइने

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते १४:५६

२८ मंसिर, ललितपुर । ललितपुर महानगरपालिकामा पर्चा पम्प्लेट टाँस्न नपाइने भएको छ । शहरलाई अशोभनीय बनाएको भन्दै महानगरले नगर सचेतना अभियान थालेको छ र पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डमा रोक लगाएको छ ।

पछिल्लो समय विभिन्न विज्ञापनहरुको पर्चा पम्प्लेट विद्युत पोल, सडक तथा भवनका भित्ताहरुमा टाँस्ने गरिएको छ । कलेजहरुले पनि विज्ञापनका होडिङ बोर्ड तथा ब्यानरहरु राख्ने गरेको छ ।

तर अब कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउन नपाउने महानगरले बताएको छ । आइतबार सचेतना अभियानको शुभारम्भ गर्दै मेयर चिरिबाबु महर्जनले भने, ‘कसैले टाँसेको पाए उसलाई कारबाही गर्छौं, त्यसमा लेखिएको संस्थालाई पनि कारबाही गर्छौं ।’

फुटपाथमा जथाभावी फोहोर फाल्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्नेहरुलाई पनि कारबाहीको दायरामा ल्याउने महानगरले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?