+
+
Shares

ललितपुर महानगरले यसरी मनायो १०७औं स्थापना दिवस (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ पुष २ गते १२:५५

२ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले १०७औं स्थापना दिवस मनाएको छ । आज विशेष समारोहकाबीच महानगरपालिकाले स्थापना दिवस मनाएको छ ।

समारोहमा प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च पदस्थ व्यक्तिहरु सहभागी भएका थिए । विभिन्न सांस्कृतिक प्रस्तुतिसिहत दिवस मनाइएको हो ।

कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकलाई संविधानसम्मत अघि बढाउन निर्वाचनको विकल्प नभएको बताएकी थिइन् । उनले सरकारले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको दाबी गरेकी थिइन् ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले जेनजीहरुले आफ्नो स्वर परिवर्तन गरिरहेको भन्दै आपत्ति जनाएका थिए ।

उनले वर्तमान अन्तरिम सरकारलाई फागुन २१ को निर्वाचन सम्पन्न गरी नयाँ जनभावननाअनुसार सत्ता हस्तान्तरण गर्ने कार्यादेश रहेको तर जेनजीहरुले निर्वाचन हुनै नदिने स्वर निकालिरहेको भन्दै आपत्ति जनाएका हुन् ।

          

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?