
२ पुस, काठमाडौ । बिहीबार भारतको दिल्लीसभामा आम आदमी पार्टी (आप)का सांसद् महेन्द्र गोयलले केन्द्र सरकारले ल्याउन लागेको कृषि विधेयकको प्रति च्यातेका छन् । अहिले भारतमा जारी रहेको किसान आन्दोलनको विषयमा छलफलका लागि बसेको दिल्लीसभाको बैठकमा उनले उक्त विधेयक च्यातेका हुन् ।
Delhi: AAP MLA Mahendra Goyal tears copy of Centre’s Farm Laws during a special Delhi assembly session called to discuss farmers’ agitation.
“I refuse to accept these black laws which are against farmers,’ he said while tearing the copy. pic.twitter.com/o4OQqvH5zS
— ANI (@ANI) December 17, 2020
उक्त कृषि विधेयक च्यात्दै उनले भने, ‘म यो किसानहरुको विरुद्धमा ल्याउन लागिएको ‘कालो कानुन’ स्वीकार गर्दिनँ ।’ आप भारतमा किसानहरुको समर्थनमा देखिएको छ । आपका धेरै नेताहरुले अहिले भारतमा भइरहेको किसान आन्दोलनको समर्थन गर्दै आएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले गत साता आफूलाई दिल्लीको सीमामा किसानलाई भेट्न जान लागेको भन्दै घरमा नै नजरबन्दमा राखिएको बताएका थिए । केन्द्र सरकारले आफूलाई किसानहरुसँग भेट्नबाट रोकेको केजरीवालको आरोप थियो ।
स्रोत : एएनआई
प्रतिक्रिया 4