
१९ पुस, जनकपुरधाम । महोत्तरीमा मोटरसाइकलबाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।
बलबा नगरपालिका वडा नमबर ११ रौजा बस्ने २८ वर्षीया भुल्ली खातुनको नम्बर नखुलेको मोटरसाइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्थानीय एकरामुल कबारीले उनलाई मोटरसाइकलमा बसाई खेतमा काम गर्न लगिरहेको अवस्थामा खातुन लडेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनलाई जनकपुरधामको रामजानकी अस्पतालमा उपचारका लागि लगिएपनि सोही क्रममा मृत्यु भएको महोत्तरीका प्रहरी प्रबक्ता प्रकाश बिष्टले जानकारी दिए ।
घट्नापछि कबारी मोटरसाइकलसहित फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसैगरी महोत्तरीकै भंगहा नगरपालिका ८ मा ट्याक्टरले दिएको ठक्करबाट एक जना मोटरसाइकल चालक घाइते भएका छन् ।
जनकपुरबाट लोहारपट्टी जाँदै गरेको ज. ९ प ८६५४ मोटरसाईकललाई ज. १ त ६५६९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक २४ वर्षीय सुजित मण्डल घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको र ट्याक्टर तथा चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4