
८ माघ, काठमाडौं । सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार ९२ हजार पाँच सयमा कारोबार भएको छापावल सुनको भाउ बिहीबार ९३ हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तजावी सुनको भाउ ९२ हजार ६ सय रुपैयाँ तोकेको छ । बुधबार तेजावी सुन प्रतितोला ९२ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ आज पनि बढेको छ । बुधबार १२ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबार १२ सय ७५ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4