
१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ ।
कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाएको हो ।
फागुन २३ गते अपराह्न ४ बजे पुनःस्थापित प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । सो बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा संसदीय दलको बैठकबाट टुंगो लगाउने नेपाली कांग्रेसका नेताहरु बताउँछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4