
१९ फागुन, काठमाडौं । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार एकै दिन १७ सय रुपैयाँले घटेको सुनको भाउ आज भने पुनः बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आजका लागि छापावाल सुनको भाउ तोलामा ८७ हजार ५ सय रुपैयाँ कायम भएको छ । मंगबालर छापावाल सुन ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ ८७ हजार ५० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको भाउ पनि आज केही बढेको छ । मंगलबार प्रतितोला १२ सय ९० रुपैयाँमा झरेको चाँदीको भाउ २५ रुपैयाँले बढेर १३२ सय १छ रुपैयाँ कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4